काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ बढेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार एक सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
सुनको भाउ बढेसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ कायम छ।
प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार
Comments