काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ६९ हजार १८० जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ९१ जना महिला र १४१ जना पुरुष गरी कूल २३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कोरोना भाइरस ९कोभिड–१९० का कारणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९९४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २० लाख ३८ हजार ८४२ पुगेको छ
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा १४७ जना र सक्रिय संक्रमित ३ हजार ४५२ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ ।
Comments