भक्तपुर । मध्यपुर थिमि नगरपालिका स्थित चारदोबाटोमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको सुनखानी गाउँपालिका घर भएका २१ वर्षीय राज कुमार शिवाकोटी रहेका छन् ।
शिवाकोटीले चलाएको बा ६५ प ४६१० नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नागरिक अस्पताल गठ्ठाघरमा मृत्यु भएको हो ।
Comments