भक्तपुर । बस स्टपमा पकेटमारी भाग्दै गरेका दुई जना पकेटमारलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरमा प्रहरीले आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको डाँगीहाट स्थायी घर भई हाल काठमाडौं तिलगंगा बस्ने २८ वर्षीय बिकास राजबंशी र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ खाँडिचौर बस्ने २७ वर्षीय सन्तोष लामा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
गठ्ठाघर स्थित बस स्टपमा गठ्ठाघरबाट माइक्रोबस चढी रत्नपार्क काठमाडौं जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय यमनाथ पौडेलको पचास हजार रुपैयाँ पकेटमारी भाग्दै गरेको अवस्थामा कौशलटार बस स्टपबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
पकेटमारी भएको रकम पचास हजार रुपैयाँ लामाको साथबाट बरामद भएको र उल्लेखित दुवैजना मिली पकेट मारेको सोधपुछको क्रममा एकिन भएको हुँदा उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
पक्राउ परेका उनीहरुमाथि चोरी कसुर अनुसार थप अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार
Comments