भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा १३१ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ११४ जना संक्रमित भएको बताएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ८ जना, भक्तपुर नगरपालिकाका २१ जना, मध्यपुर थिमी नगरपालिकाका ४० जना, सुर्यविनायक नगरपालिकाका ४२ जना तथा सम्पर्क हुन नसकेका ३ जना रहेका छन् ।
योसँगै जिल्ला भित्र कुल ५ हजार ७१० जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ३ हजार ६९९ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ९३९ जना रहेका छन् ।यस्तै, जिल्लामा २३ जना महिला र ४९ जना पुरुष गरी कूल ७२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
Comments