काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख २९ हजार ३०४ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज काठमाडौंमा १ हजार ४५१ जना, भक्तपुरमा १४३ जना तथा ललितपुरमा १५२ जना गरी १ हजार ७४६ जनामा संक्रमण देखिएको हो ।
कोरोना भाइरस कोभिड–१९ का कारणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १२ लाख ६९ हजार ६०५ पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार ७१५ जना र सक्रिय संक्रमित ३८ हजार ७३७ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ८९ हजार ८४० पुगेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार
Comments