काठमाडौँ । काठमाडौं उपत्यकामा आज ९०२ जना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ताका अनुसार आज काठमाडौंमा ६९७ , भक्तपुरमा ९३ र ललितपुरमा ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा २७४ जना महिला र ४२३ जना पुरुष गरी ६९७ जना, भक्तपुरमा ५३ जना महिला र ४० पुरुष गरी ९३ जना तथा ललितपुरमा ४६ जना महिला र ६६ जना पुरुष गरी ११२ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा संक्रमितको संख्या १९ हजार ५७७, भक्तपुरमा २ हजार १२७ र ललितपुरमा २ हजार ४५९ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या २४ हजार १७० पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । आज १ हजार ५५९ जना थपिएका छन् । कोरोनाबाट देशभर निको हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ५७ छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ । आजको पिसिआर परिक्षण १२ हजार २०५ रहेको छ । आज २० हजार ८९१ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
प्रकाशित मितिः २०७७ असोज १४ बुधबार
Comments