काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक हजार ५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ५६ हजार ४ सय २८ जना संक्रमित उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७२.५ प्रतिशत हो।
मन्त्रालयका अनुसार १२ हजार २ सय ५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख २१ हजार ५ सय ३जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ५ हजार ४ सय २८ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ जना रहेको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ –५०९४
प्रदेश २– १३७३९
बाग्मती प्रदेशमा –१५७०५
गण्डकी प्रदेशमा –३३४८
प्रदेश ५मा –८७५९
कर्णाली प्रदेशमा –२९१५
सुदूरपश्चिम प्रदेशमा ६८६८
प्रकाशित मितिः २०७७ असोज १४ बुधबार
Comments