धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । खडक नगरपालिका–३ का ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
एक वर्षदेखि मिर्गौला रोगबाट पीडित युवकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस सेवा लिइरहेका थिए । हप्तामा दुईपटक नियमित डायलासिस गरिरहेका युवकमा उच्च रक्तचापको पनि समस्या रहेको चिकित्सकले बताएका छन् ।
मिगौलापीडित उनको सोमवार कोरोना संक्रमण पुष्टि भएको थियो । प्राप्त जानकारीअनुसार संक्रमण पुष्टि भएका ३५ वर्षीय पुरुषको अवस्था गम्भीर बन्दै गएपछि मङ्गलवार राजविराजस्थित अस्पतालबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
युवकको आज बिहान ६ः१५ मा मृत्यु भएसँगै प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।
प्रकाशित मितिः २०७७ भदौ ३१ बुधबार
Comments