भक्तपुर। महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हवल्दारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पीसीआर परीक्षणमा ३३ वर्षीय प्रहरी हवल्दारमा कोरोना देखिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। सङ्क्रमित हवल्दारको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मितिः २०७७ साउन १७ शनिबार
Comments