भक्तपुर । भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी कुवेत बाट नेपाल आएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एकजना पुरुष संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ जनाएको थियो ।
कुवेत वाट फर्किएर मध्यपुर थिमी स्थित क्वारेन्टिनमा बसेका भक्तपुर चाँगुनारायण नगरपालिका ४ का ३० बर्र्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएको छ । संक्रमित पुरुषलाई थप उपचारको लागि पाटन अस्पताल लगिएको स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
प्रकाशित मितिः २०७७ असार १५ सोमबार
Comments