भक्तपुर । भक्तपुरका पत्रकारलाई पीपीई सहित स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको छ । कोरोना भाइरसको त्रासमा पनि अग्रभागमा रहेर काम गर्ने भक्तपुरका पत्रकारलाई भक्तपुर ईटा व्यवसायी संघ र भक्तपुर ट्रक व्यवसायी प्रा।लि।ले संयुक्त रुपमा अत्यावश्यक सुरक्षाका सामाग्रीहरु वितरण गरेको हो ।
संघको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुरका ४७ जना पत्रकारलाई एक थान पिपिई सुरक्षा कवच, दुई थान मास्क र एक थान स्यानेटाइजर वितरण गरिएको थियो ।
कार्यक्रममा भक्तपुर ईटा व्यवसायी संघका अध्यक्ष नातीभाई ह्योम्बाले कोरोना संक्रमणको जोखिममा अग्रभागमा रहेर काम गर्ने संचारकर्मीलाई सुरक्षित गर्नुपर्ने दायित्व सम्झेर सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकीले कोरोनाको जोखिममा कतिपय क्रियासिल पत्रकारहरु कार्यक्षेत्रमै खटिने पत्रकारहरुलाई निकै जोखिम छ भन्दै यस्तो अवस्थामा सरकारसँग पत्रकारलाई सुरक्षा सामाग्री, स्वास्थ्य बिमाको व्यबस्था र संचारमाध्यम र पत्रकारलाई राहतको माग गरे ।
प्रकाशित मितिः २०७७ जेठ १३ मंगलबार
Comments