काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक पटक कोरोना परीक्षण गरेपछि आफूमा संक्रमण छैन भनेर ढुक्क नहुन आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक पटक कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आउँदैमा ढुक्क भएर नबस्न आग्रह गरेका हुन् ।
पछिल्लो समयमा कोरोना नेगेटिभ आएको रिपोर्ट सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफू कोरोना मुक्त रहेको जानकारी दिने गरेता पनि एक पटक कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आउँदैमा कोरोनाबाट मुक्त नभइने डा देवकोटाले बताएका छन् ।
‘डा देवकोटाले भने, ‘हामीले कोरोना संक्रमण छ वा छैन भनेर पत्ता लगाउन पीसीआर विधिबाट परीक्षण गछौं, त्यो चाँही तत्कालका लागि हो, भोलिपल्ट फेरि तपाईको सम्पर्क संक्रमितसँग भयो भने तपाईंमा संक्रमण सर्न सक्छ ।’
उनले कोरोना निको भएर घर फर्किएकाहरुमा पुन पोजेटिभ देखिन सक्ने भन्दै कोरोना निको भएकाहरुलाई पनि सजक रहन आग्रह गरेका छन् ।
प्रकाशित मितिः २०७७ जेठ १३ मंगलबार
Comments