काठमाडौं । नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अहिलेसम्म कोभिड १९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ७७२ पुगेको जानकारी दिएका हुन् । डा देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु महोत्तरी मनरा गाउँपालिका– १० का ३० र ३५ वर्षका पुरुष रहेका छन् । यस्तै जुम्ला घर भएका हाल बारामा रहेका दुुइजना ३५ र ३६ वर्षीय पुरुष, बारा पचरौता नगरपालिका १ का पिपरपाती माविको क्वारेन्टइमा रहेका तीनजना १९, ३० र ३५ वर्षीय पुरुषहरु रहेका छन् ।
यस्तै रौतहट गौर नागरपालिकाका ८ जना व्यक्तिहरु ४ देखि ४० वर्ष भित्रका रहेका छन् । उनीहरुमध्ये ७ जना पुरुष र एकजना महिला छन्।
यस्तै रौतहटकै देवाही गुनाइ नगरपालिका र धर्राइगुनाइ नगरपालिकाका ६ जना रहेका छन् । उनीहरु १८ देखि ४१ वर्ष उमेर भित्रका पुरुष रहेका छन् । यस्तै रौतहटकै करुनीया १ र ४ का ६ जना व्यक्तिहरु रहेका छन् । उनीहरु २६ देखि ४८ वर्षका पुरुषहरु रहेका छन् ।
यस्तै रौतहटकै राजदेवि नगरपालिकाका २२ वर्षीया पुरुष, रौतहटकै गरुणा नगरपालिकाका एकजना २४ वर्षीया पुरुष र सिराहा नवराजपुर गाउँपालिकाका एकजना १८ वर्षीय पुरुष रहेका छन् । यस्तै सिराहाकै भगवानपुर गाउँपालिकाका ४ जना २५ देखि २९ वर्षका पुरुषहरु पनि संक्रमित भएका छन् । यस्तै धनुषा वेलामुखियापति गाउँपालिकाका कोभिड १९ अस्पताल जनकपुरमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज २ का २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको छ ।
उनीहरु कपिलवस्तु मायादेवि ७ का दुुइजना २२ र ५० वर्षीया पुरुष, अर्घाखाँची कमलामाविका २ जना १९ र ४३ वर्षका पुरुष, गुल्मी धुर्कोटका दुई जना पुरुष र लुम्बिनी अस्पतालका एकजना २२ वर्षीय पुरुष रहेका छन् ।
प्रवक्ता डा देवकोटाका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सुर्खेत विरेन्द्रनगरका ९ देखि ४६ वर्षका ८ पुरुष र एक जना महिला रहेका छन् । यस्तै सुर्खेतकै दुईजना भेरीगंगाका १६ र १७ वर्षीय पुरुष, सुर्खेतकै सिमताका ३५ र ४९ वर्षका दुई जना पुरुष रहेका छन् ।
उनका अनुसार नारायणी अस्पतालमबाट थप ४३ जना कोभिड १९ मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। अब निको हुनेको कुल सङख्या १५५ जना पुगेको छ। सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ।
अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्। मङ्गलवार अपराह्णसम्म देशका विभिन्न स्थानमा ५५,२८२जना क्वारन्टीनमा भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
प्रकाशित मितिः २०७७ जेठ १३ मंगलबार
Comments