भक्तपुर । कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसेकी सुत्केरी महिलाको शव व्यवस्थापनमा लागेका भक्तपुरका दुई युवाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
भक्तपुरका अरुण सैजु र राजेश गाइजुको कोरोना रिर्पोट नेगेटिभ आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी सविन प्रधान जनाकारी दिए । उनीहरु हाल सुर्यविनायक स्थित विरदल गणको क्वारेन्टाइनमा रहेका छन् ।
प्रकाशित मितिः २०७७ जेठ १२ सोमबार
Comments