काठमाडौं। टोखामा रहेको ग्राण्डी अस्पतालका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान अद्यावधिक गरेको विवरणमा काठमाडौंका ३५ वर्षीय पुरुषमा संक्रमण रहेको बताएको थियो। ती व्यक्ति ग्राण्डी अस्पतालका कर्मचारी रहेको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारीले आज संक्रमित पुष्टि भएका युवक ग्राण्डी अस्पतालमा रहेको बताए।
“संक्रमित देखिएका व्यक्तिलाई पाटन अस्पतालको आइसोलेसनमा लैजाने भन्ने मलाई जानकारी गराइएको थियो”, महाशाखा प्रमुख डा. बाशुदेव पाण्डेयले भने, “अस्पताल ल्याइ पुर्याइएको विषयमा जानकारी भएन्।” उनले आफूलाई संक्रमित व्यक्ति अस्पतालको कर्मचारी भएको भन्ने जानकारी पाएको बताए।
प्रकाशित मितिः २०७७ जेठ शनिबार
Comments