काठमाडौं । भ्रष्टचार आरोपमा नेपाली सेनाका दुई उच्च अधिकारीहरु सैनिक हिरासतमा परेका छन । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने नीति पालना गराउन नेपाली सेनाले सैनिक कल्याणकारी निर्देशनालयका हाकिम प्रयोगजङ्ग राणा र महासेनानी नवीन सिलवालसैनिक हिरासतमा परेका हुन ।
नेपाली सेनाको उच्च स्रोतका अनुसार जर्नेल राणालाई नियन्त्रणमा लिएर ८ जेठदेखि काठमाण्डौ स्थित केन्द्रीय कारागार,सुन्धारा छेउमा रहेको राष्ट्रिय सेवा दलको कल्याणकारी अफिसर्स गेस्ट हाउसमा लाइन अरेस्ट गरेर राखिएको छ ।कर्नेल राणासँगै महासेनानी नवीन सिलवाललाई पनि नियन्त्रणमा लिएर सैनिक हिरासतमा राखिएको छ ।
दुवै उपर दुई बर्षअगाडि वीरेन्द्र शान्ति तालिम केन्द्र, काभ्रेको पाँचखालमा हाकिम रहँदा प्राइभेट फण्डको रकम सदुपयोग गर्न नसकेको’ अभियोगमा सेनाले छानविन गरिरहेको छ । सोही अभियोगमा २५ दिन पहिलेदेखी पाँचखालका सुवेदार मेजरलाई पनि थुनामा राखिएको छ ।
प्रकाशित मितिः २०७७ जेठ शनिबार
Comments