काठमाडौं । चन्द्रागिरी नगरपालिकाका ६५ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार चन्द्रागिरीका विभिन्न व्यक्तिको आरडिटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए। “विभिन्न जिल्लाबाट बन्दाबन्दीपछि चन्द्रागिरी प्रवेश गरेका व्यक्तिमा आरडिटी परीक्षण गर्दा उनीहरुमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो” ।
चन्द्रागिरीले ५६ लाई मनमोहन अस्पताल दहचोक, चारलाई नैकाप पार्टी प्यालेस, तीनलाई मङ्गल माध्यामिक विद्यालय, एकलाई चन्द्रागिरी कटेज र एक जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
प्रकाशित मितिः २०७७ जेठ शनिबार
Comments