काठमाडौं । कोरोना कोभिड–१९ भाइरस नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।
लकडाउनको ६० औं दिन हिजो शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ७७५ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ६८३ दुई पांग्रे र ७२ चार पांग्रे रहेका छन् । यसैगरी पुराना तथा म्याद सकिएका ३४ वटा सवारी साधनका पास पनि ट्राफिक प्रहरीले होल्ड गरेको महाशाखाले जनाएको छ ।
लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मितिः २०७७ जेठ शनिबार
Comments