भक्तपुर । भक्तपुर नगरपालिकाको एक महिला जनप्रतिनिधिमा कोरोना भाइरस कोभिड १९ को संत्रमण पुष्टि भएसँगै मालपोत आसपासका बस्ती सिल गरिएको छ ।
प्रहरीले संक्रमित महिला बसोवास गर्ने क्षेत्र भक्तपुरको वडा नम्वर ९ स्थित टुमचो दुगुरे स्थित मालपोत कार्यालय आसपास क्षेत्रलाई सिल गरेको हो ।
कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रवार पुष्टी गरेका ९ जना मध्य एक ४२ बर्षीय कोरोना संक्रमित भक्तपुर नगरपालिका वडा नम्वर ९ का महिला सदस्य रहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
प्रजापतिका अनुसार शुक्रबार २९ जना जनप्रतिनिधिको रिपोर्ट आएको थियो जसमा २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रहरीले संक्रमित महिलालाई उपचारको लागि शुक्रबार राति नै पाटन अस्पताल पुर्याएको र परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको बताएको छ ।
प्रकाशित मितिः २०७७ जेठ शनिबार
Comments