काठमाडौँ । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिमा संक्रमण देखिएको छ । शुक्रबार बेलुकी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका कोरोना भाइरस संक्रमितहरुमध्ये भक्तपुर नगरपालिकाकी एक नगर सदस्य पनि रहेकिछिन्।
भक्तपुर नगरपालिकाकी ती ४२ वर्षीय नगर सदस्य राहत बाँड्न तथा अन्य काममा बाहिर निस्कने गरेको जनाइएको छ । भक्तपुर प्रहरीको स्रोतका अनुसार केही दिनअघि गरिएको स्वाब संकलनका क्रममा उनीमा संक्रमण पुष्टि भएको हो।
प्रकाशित मितिः २०७७ जेठ ९ शुक्रबार
Comments