भक्तपुर । भक्तपुर नगरपालिका द्धारा सञ्चालित च्यामासिंह स्थित जनस्वास्थ्य कार्यालमा पीसीआर परीक्षण सुरु गरिएको छ ।
आरडिटीका लागि झन्डै दुइ सय किड प्रयोग पश्चात त्यसमा देखिएको शंका उपसंका र मानसिक त्रास पश्चात नपाले पीसाआर परिक्षणलाई निरन्तरता दिएको वडा ९ का वडाध्यक्ष रविन्द्र ज्याखोले बताए ।
नगरपालिकाले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीको पहिलो चरणमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको उनले जानकारी दिए ।
पहिलो चरणमा नगरपालिकाका सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको पीसीआर परीक्षण सुरु गरिएको उनले बताए । नगरपालिकामा जनप्रतिनिधि ४६, स्वास्थ्य कर्मचारी ४५ र सफाइ कर्मचारी १६० कार्यरत रहेका छन् ।
भक्तपुर नगरपालिको २५० जनाको कोरोना परिक्षणको लागि स्वाव संकलन गरेको छ, भने हाल सम्म १२३ जनाको पीसीआर परीक्षण गरिसकेको उनले जानकारी दिए ।
प्रकाशित मितिः २०७७ जेठ ९ शुक्रबार
Comments