काठमाडौं । कोरोना भाइरस कोभिड १९ को महामारीबाट विश्वभर ३ लाख ३४ हजार ३९ जनाको मृत्यु भएको छ । भाइरसको महामारीले ५१ लाख ८८ हजार ३५६ जना संक्रमित भएका छन् । २० लाख ७८ हजार २०४ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ८०० जनाले ज्यान गुमाएका छन् भने १ लाख ४ हजार ९४५ जनामा संक्रमण पुष्टि भएको छ ।
२७ लाख ७६ हजार ११३ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ६४५ जनाको अवस्था गम्भीर छ । समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६६ हजार ८०५ जनाको मृत्यु भएको छ ।
१८ लाख ४८ हजार ३२२ जना संक्रमित भएकोमा ८ लाख २६ हजार ६४१ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९ हजार ७०२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ९३ हजार ९३४ पुगेको छ ।
यस्तै एसियाली मुलुकहरुमा २६ हजार २३८ जनाको मृत्यु भएको छ । ८ लाख ८७ हजार २१८ जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २८ हजार ४३ जनाको मृत्यु भएको छ । ५ लाख ४७ हजार ७९० जना संक्रमित भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ३ हजार ११५ जनाको ज्यान गएको छ भने १ लाख १ हजार ६८३ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६८८ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९६ हजार २६९ जनाको मृत्यु भएको छ । १६ लाख १९ हजार ७८७ जना संक्रमित भएका छन् ।
यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख १७ हजार ५५४ जना संक्रमित भएका छन् भने ३ हजार ९९ जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः २०७७ जेठ ९ शुक्रबार
Comments