नेपालमा कोरोना भाइरस कम देखिनुका पाँच सम्भावित कारण

0

काठमाडौं । विभिन्न विकसित राष्ट्रहरु पनि कोभिड–१९ महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा संक्रमण भएको पुष्टि भएका व्यक्तिको संख्या निकै न्यून छ ।

सरकारले देशका विभिन्न स्थानमा परीक्षण विस्तार गरेपछि क्रमशः संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । पुष्टि भएका संक्रमितमध्ये केही जना निको भइसकेका छन् भने अन्यलाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात् अलग्गै राखेर उपचार गरिँदैछ ।

संक्रमण भएको आशंका भएका तर प्रयोगशालाबाट परीक्षणको परिणामा नआएका केही मानिसहरु पनि आइसोलेशनमा छन् । नेपालमा भेटिएका संक्रमितमध्ये अधिकांश व्यक्ति विदेशबाट आएका छन् ।

नेपालको स्वास्थ्य सेवाको अवस्था र सुरुमै नेपालले विदेशबाट आउने नागरिक तथा विदेशीहरुलाई क्वारन्टीनमा नराखेका नेपालमा अरु व्यक्ति पनि संक्रमित भएको हुन सक्ने केही जनस्वास्थ्यविज्ञ र टिप्पणीकारको आशंका छ ,तर केही विज्ञहरु नेपालमा अहिलेसम्म कुनै पनि एउटा स्थानमा एकैखाले लक्षण देखिएर धेरै मानिस बिरामी भएको वा तिनको मृत्यु भएको नदेखिएकाले त्यस्तो आशंका पुष्टि गर्न नसकिने तर्क गर्छन् ।

नेपालमा कोरोनाभाइरस संक्रमण धेरै नदेखिनुमा विभिन्न कारण हुन सक्ने चिकित्सक तथा जनस्वास्थ्यविज्ञहरु बताउँछन् ।

विज्ञहरुले देखेका पाँच सम्भावित कारणहरु यस्ता छन्ः

१. परीक्षण नै नहुनु

कतिपय चिकित्सकहरुले नेपालमा परीक्षण नै कम भएका कारण संक्रमितको संख्या कम देखिएको बताएका छन् ।

उनीहरुका भनाइमा जति परीक्षण भएको छ त्यसको आधारमा नेपालमा कोरोनाभाइरस धेरै फैलिएको छैन भन्न सकिँदैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार वैशाख ६ गते शनिबारसम्म कुल ८ हजार ०१७ वटा नमुनाको परीक्षण गरिएको छ ।

त्यसमध्ये ३१ वटामा मात्र संक्रमण देखियो । केही नमुनाको प्रयोगशालाबाट परिणाम आउन बाँकी छ ।

अहिलेसम्मको तथ्यांकका आधारमा परीक्षण गरिएकामध्ये एक प्रतिशतभन्दा कममा संक्रमण भएको पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वप्रमुख डा. बाबुराम मरासिनी नेपालमा परीक्षणको गति र संख्या बढाउनुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘यो कुरा त हामीले सुरुदेखि नै भनिरहेका छौं । विशेषगरी जनवरीदेखि नेपालमा धेरै पर्यटकहरु आए त्यसबेला नै नेपालमा धेरैमा संक्रमण भएको पनि हुन सक्छ ।’

त्यस्तो संक्रमण समयक्रममा आफैं निको भएर गएको हुन सक्ने उनको भनाइ छ ।

‘नेपाल जर्नल अफ एपिडीमीओलजी’ मा हालै प्रकाशित एउटा लेखमा पनि नेपालमा परीक्षण नै कम भएको उल्लेख गरिएको छ ।

नेपाली र विदेशी गरी छ चिकित्सकले लेखेको उक्त लेखमा ‘परीक्षणको अभावमा थोरै मानिसहरुको मात्र संक्रमण पत्ता लागेको हुन सक्ने’ उल्लेख छ ।

यसरी कम परीक्षण हुनुमा परीक्षण काठमाडौंकेन्द्रित हुनु, परीक्षण गर्ने सामग्री, किट र उपकरणको अभाव र चिकित्सकहरुले नमुना लिन नमान्नु आदि कारण भएको केही सरकारी चिकित्सकहरुले बीबीसीलाई बताए ।

तर सरकारले केही दिनअघिदेखि काठमाडौंबाहिर पनि परीक्षण सेवा विस्तार गरेको छ भने तीव्र रुपमा परीक्षण गर्ने जनाएको छ ।

कतिपय चिकित्सकले बीबीसीलाई आफ्नो अनुभव सुनाउँदै उपत्यकाबाहिर सेवा विस्तार गरिए पनि लक्षण देखिएका व्यक्तिबाट नमुना संकलन गर्न धेरै स्वास्थ्यकर्मी तत्पर देखिएका छैनन् ।

त्यसको उदाहरण दिँदै आफ्नो नाम सार्वजनिक गर्न नचाहने एक चिकित्सकले भने, ‘सुदूरपश्चिममा भेटिएका संक्रमितहरुको ुस्वाबु लिनका लागि त्यहाँका चिकित्सकले नमानेपछि नेपाली सेनाका चिकित्सक पठाएर लिइएको थियो ।’

‘अझै पनि चिकित्सकहरु नमुना लिन तत्पर छैनन् । त्यसैले नमुना संकलन र परीक्षण बढाउने भनेर मात्र हुँदैन ।’

२. नेपालीको जीवनशैली

कतिपय चिकित्सकहरुले नेपालीहरुको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको संक्रमण धेरै नफैलिएको हुन सक्ने तर्क गरेका छन् ।

तर उनीहरुकै भनाइमा यसबारे विस्तृत अध्ययन नभई ठोकुवा गर्न भने सकिँदैन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन पनि नेपाली जीवनशैलीका कारण कम संक्रमण भएको हुन सक्ने ठान्छन् ।

उनले विभिन्न पत्रपत्रिकामा आलेख नै प्रकाशित गरेर नेपाली जीवनशैलीको प्रभावले कोरोनाभाइरस फैलिने सञ्जाल भत्किएको टिप्पणी गरेका छन् ।

बीबीसीसँग कुराकानी गर्दै उनले भने, ‘हामी धेरै पानी खेलाउने रहेछौं अनि खानेकुराहरु पनि धेरै पकाएर खान्छौं । त्यस्तै हात मिलाउने, अंकमाल गर्ने वा म्वाइँ खाने चलन पनि हाम्रोमा कमै छ । यस्ता क्रियाकलापले कोरोनाभाइरस फैलिनबाट रोकेको हुन सक्छ ।’

उनले नेपालमा विगतमा सार्स र स्वाइन फ्लूको संक्रमण पनि अन्यत्रजस्तो नदेखिएको स्मरण गर्दै अन्यत्रको तुलनामा भारतमा पनि संक्रमण फैलिने दर कम भएको बताए ।

पुनले भने, ‘हाम्रो खानपान र जीवनशैलीले कोरोनाभाइरस फैलिने साङ्लोलाई कतै न कतै चुँडाइरहेको छ भन्ने एउटा दरिलो तर्क हो ।’

‘अब यसमा विस्तृत अध्ययन हुन जरुरी छ ।’

३. नेपालीको प्रतिरक्षा प्रणाली ‘बलियो’ हुनु

विज्ञहरु नेपालीहरुमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरस संक्रमण कम भएको हुन सक्ने बताउँछन् ।

परीक्षण कम भएको अवस्थामा पनि नेपालमा कोरोनाभाइरससँग मिल्दोजुल्दो संक्रमण एउटै टोल वा गाउँमा फैलिएको खबर अहिलेसम्म नआएको कुराले त्यसलाई पुष्टि गर्ने उनीहरुको तर्क छ ।

उनीहरुका बुझाइमा कोरोनाभाइरस फैलिएकै भए पनि नेपालीहरुको प्रतिरक्षा प्रणालीका कारण सामान्य लक्षणहरु मात्र देखिँदा धेरै अस्पतालसम्म नपुगेका हुन सक्छन् ।

डा. मरासिनी भन्छन्, ‘कतिपय रोगसँग लड्ने क्षमता जातिअनुसार फरक हुने गर्छ । त्यसबारे धेरै अध्ययन अनुसन्धान पनि भएका छन् । अमेरिकामा पनि गोरा र काला जातिबीच कुनै एउटा रोगसँग लड्ने क्षमता कम र बढी पाइएको छ ।’

‘अर्को उदाहरण हेर्ने हो भने थाईल्यान्डमा दादुरालाई खासै ठूलो रोगै मानिँदैन । त्यहाँका मानिसहरुले त्यसलाई पचाएको जस्तो देखिन्छ । तर हाम्रोमै दादुरा निकै घातक पनि भएको छ ।’

डा. पुन चाहिँ हाल नेपालमा भेटिएका नौ जना संक्रमितमा एकदमै सामान्य खालका लक्षणहरु मात्र देखिनुलाई त्यसको गतिलो प्रमाण मान्छन् ।

उनी भन्छन्, ‘नेपालमा देखिएका नौ जनामै किन माइल्ड (मध्यम) लक्षणहरु मात्र देखियो त? अहिले टेकुमै हामीले उपचार गरिरहेका बिरामीहरुलाई पनि हामीले राख्नैपर्ने भएकाले मात्र राखेका हौं । अन्य रोग लागेको थियो भने उहाँहरुलाई घरै पठाइसक्थ्यौं। कसैमा पनि कुनै गम्भीर लक्षण नै देखिएको छैन ।’

तर यसमा नेपालीहरुको प्रतिरक्षा प्रणालीले कति भूमिका खेलेको छ भन्ने चाहिँ अनुसन्धानकै विषय भएको उनले बताए ।

पुनका अनुसार नेपालीका लागि कोरोनाभाइरस नौलो पनि होइन । किनकि कोरोनाभाइरस भाइरसको एउटा प्रजाति हो र अहिलेको भाइरस सातौं नम्बरको हो ।

सातमध्ये मिडल इस्ट रेस्पिरटरी सिन्ड्रोम (मेर्स) पनि MERS-CoV  नामक कोरोनाभाइरसकै कारण लाग्ने गर्छ ।

उक्त भाइरस मध्यपूर्वमा मात्र धेरै फैलिएकाले त्यहाँ काम गर्ने धेरै नेपालीमार्फत् नेपाल आएको हुन सक्ने डा. पुनको अनुमान छ ।

तर त्यसको परीक्षण नगरिँदा नेपालमा नभेटिएको र नेपालीले उक्त भाइरसलाई परास्त गरेको हुन सक्ने उनको धारणा छ ।

त्यस्तै सार्स महामारीबाट नेपाल प्रभावित भएको थिएन । त्यस बेला पनि परीक्षण कम हुँदा नदेखिएको हुन सक्ने उनी बताउँछन् ।

त्यसबाहेक ह्यूमन कोरोनाभाइरस भनिने चारवटा कोरोनाभाइरस रहेका छन् ।

पुनले भने ‘नेपालमा ह्यूमन कोरोनाभाइरसहरु जन्मदेखि छ महिनासम्मका शिशुमध्ये आठ प्रतिशतमा देखिको एउटा अनुसन्धानले देखाएको थियो । त्यसले मलाई कतै हाम्रोमा एन्टीबडीको काम गर्‍यो कि जस्तो लाग्छ ।’

४. बीसीजी खोपको प्रभाव

क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ ।

कोरोनाभाइरस संक्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ ।

बीबीसी विश्व सेवाका अनुसार हालैको एउटा समीक्षा हुन बाँकी अध्ययनले जुन देशहरुमा बीसीजी खोप दिइएको थियो ती देशहरुमा कोरोनाभाइरस संक्रमण कम देखिएको जनाएको छ ।

नेपालमा पनि बालबालिकाहरुलाई यो खोप अनिवार्य रुपमा लगाइदिने गरिन्छ ।

त्यसले गर्दा पनि नेपालमा संक्रमण कम फैलिएको र संक्रमितहरुलाई पनि उक्त खोपको प्रभावका कारण सामान्य लक्षणहरु मात्र देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ ।

मरासिनी भन्छन्, ‘यो विषय त अहिले सबैतिर चर्चामा आयो । खासगरी युरोप र अमेरिकामा यो मात्र नभई अन्य खोपहरु पनि लगाउने चलन कम छ । नेपालमा भने हामीले अनिवार्य नै खोप लगाउँछौं । त्यसको प्रभाव पनि हुनसक्छ ।’

५. भाइरस फैलाउने पूर्वाधार नै कम हुनु

विशेषगरी कम विकसित देशमा कोरोनाभाइरसको संक्रमण निकै कम देखिनुको अर्को कारण भनेको भाइरस फैलाउन सहयोग गर्ने खालका सहरी पूर्वाधारकै कमी हुन सक्ने पनि चिकित्सकहरुको तर्क छ ।

विकसित देशमा जमिनमुनि सब–वे र मेट्रो रेलजस्ता यातायातका संरचनाहरु रहेका छन् । त्यस्ता पूर्वधार भारतका महानगरहरुमा पनि छन् ।

‘नियमित सफा राखिए पनि त्यस्ता संरचनामा मानिसहरुको भिडभाड भइरहने गर्छ। त्यहाँ कृत्रिम रुपमा तापक्रम त मिलाइएको हुन्छ तर घामको प्रकाश कहिल्यै पर्दैन । भाइरस त्यस्ता स्थानमा लामो समय टिक्छ भन्ने त प्रमाणित भइसकेकै कुरा हो । नेपालमा भने त्यस्ता संरचना नै छैनन्,’ मरासिनी भन्छन ।

नेपालमा प्राय: यातायातका साधनहरुमा भिडभाड भए पनि घामको प्रकाशमै हिँड्ने खालका रहेको र सार्वजनिक यातायातमा विदेशीहरु चढ्दै नचढ्ने गरेकाले संक्रमण कम भएको हुन सक्ने उनको तर्क छ ।

त्यस्तै ठूलाठूला लिफ्टजस्ता पूर्वाधारमा कोचिएर मानिसहरु बस्ने तथा एक जनाले छोएको स्थानमा अर्कोले छुने क्रियाकलाप हुने गर्छन् ।

तर नेपालमा काठमाडौंभित्र केही स्थानमा बाहेक अन्यत्र यस्ता पूर्वाधार नै नभएकाले पनि संक्रमण विस्तारको साङ्लो चुँडिएको हुन सक्ने उनले बताए ।

उनले भने, ‘त्यति मात्र होइन युरोप-अमेरिकातिर हेर्दा चिटिक्क तर पानीको खासै प्रयोग नहुने खालका शौचालयहरु पनि प्रयोगमा हुने गर्छन् । त्यसले पनि संक्रमण फैलाउन भूमिका खेलेको हुन सक्छ । हाम्रोमा त चिटिक्क नभए पनि शौचालयमा पानी अनिवार्य चाहिन्छ ।’

संक्रमण फैलाउन भाइरसलाई कति बेरसम्म बचाएर राख्न सक्ने खालका पूर्वाधार छन् भन्नेले पनि भूमिका खेल्ने उनको दाबी छ । यो समाचार https://www.bbc.com/nepali बाट साभार गरिएको हो ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション