भक्तपुर । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को प्रभाव भक्तपुरको प्रसिद्ध विस्का जात्रामा पनि परेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमप्रति संवेदनशीलता लाई मध्य नजर गर्दै यस वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ ।
जात्रामा भैरवनाथको रथ तान्ने र योसिंद्यो उभ्याउन जात्रालुहरुको भिडभाड हुने भएकाले कोरोना भाइरसको जोखिम उच्च हुने भएकाले यस बर्षको जात्रा औपचारिक पुजामा मात्रै सिमित गर्न लागिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार बसेको विस्केट जात्रा संचालन कार्यदल बैठकले विस्केट जात्राको मूल जात्रा तथा टोल टोलमा हुने जात्रा समेत औपचारिक पूजाआजामा सीमित निर्णय गरेको थियो ।
कार्यदलमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । भक्तपुरको विस्का जात्रा हरेक वर्ष चैत्रको २७ गते सुरु भई नयाँ वर्षको बैशाख ५ गतेसम्म चल्ने गर्दछ ।
प्रकाशित मितिः२०७६ चैत्र ११ मंगलबार
Comments