भक्तपुर । विश्वमा फैलिरहेको कारोना भाइरस (कोभिड–१९) को जोखिमलाई कम गर्न गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले आजबाट सबै वडाहरुमा हात धुने व्यवस्था मिलाएको छ । नगरपालिकाले १० वटै वडा र नगर प्रवेश गर्ने स्थानहरुमा हात धोएर मात्रै नगर प्रवेश गराउने व्यवस्था अनुसार हात धुने व्यवस्था मिलाएको हो ।
नगरपालिकाको हिजो आइतबार एउटा वडामा कम्तीमा तीन स्थानमा हात धुने व्यवस्था मिलाउने निर्णय गरेको थियो । नगरपालिकाले सबै वडामा फिनेल, चुन र औषधी छर्कनुका साथै नगर प्रवेश गर्ने ठाउँहरुमा सानिटाइजर र ज्वरो क्लिनिक सञ्चालन गरेको छ । साथै कोरोना सम्बन्धि विभिन्न प्रचार सामग्री वितरण समेत गरेको छ ।
साथै नगरपालिकाले भोजभतेर पिकनिक, सभासम्मेलन, दफाभजन र बनभोज कार्य समेत नगर्न नगरपालिकाबासीलाई आग्रह गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुर पनि अत्यावश्क बाहेकका सबै सेवाहरु चैत २१ गते सम्म बन्द गर्न आग्रह गरेको छ । कोरोना भाइरस जोखिमको त्रासका कारण भक्तपुर मुख्य बजार तथा चोकहरु सुनसान बनेको छ ।
प्रकाशित मितिः २०७६ चैत्र १० सोमबार
Comments