धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५ चरौदी पुल नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मुग्लिनबाट काठमाडौ तर्फ आउँदै गरेको प्रदेश ३, ०२–०१४ प ३९८९ नम्बरको स्कुटरलाई आज बिहान साढे ३ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा स्कुटर चालक सोलुखुम्बुको मुक्ली गाउँपालिका–१ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, घाइते भएका स्कुटरमा पछाडी सवार काभ्रेको खहेरपाँगु गाउँपालिका–८ का २४ वर्षीय सनिश थापालाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ ।दुर्घटना गरी फरार रहेका सवारी साधन सहित चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments