काठमाडौं । सीमा बचाऔं अभियानले सुस्ता, कालापानी र लिम्पियाधुरा लगायतका स्थान समेटिएको नेपालको चुच्चे नक्सा सार्वजनिक गरेको छ ।
आज राजधानीको रिर्पोटस क्लबमा आयोजित एक कार्यक्रमकावीच नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको हो ।
भारतद्वारा हालै सार्वजनिक नयाँ नक्साको विरोध गर्दै मिचिएको नेपाली भूभाग फिर्ता हुनु पर्ने मागसहित अभियानले नेपालको चुच्चे नक्सा सार्वजनिक गरेको हो ।
सो अभियानले नेपालको नयाँ नक्सासहित ११ बुँदे मागपत्र पनि सार्वजनिक गरेको छ । जसमा सरकारलाई भारतसँग वार्ता गरि गुमेको भूभाग फिर्ता गराउन अनुरोध पनि गरिएको छ ।
प्रकाशित मितिः२०७६ पौष २९ मंगलबार
Comments