काठमाडौं । आज दशैंको टीकाको दिन देशका अधिकांस स्थानको मौसम बदली भई पानी पर्ने भएको छ । काठमाडौं उपत्यका सहित मध्य, पुर्व र पश्चिमका धेरै जसो स्थानमा पानी पर्नेछ भने केहि स्थानमा भारी बर्षा समेत हुने संभावना रहेको छ ।
देशका अधिकासं स्थानमा पानी पर्ने भएकाले मान्यजनकोमा टीका र आर्शिवाद थाप्न जानेले सचेतना अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले आग्रह छ । बिषेश गरी टाढा रहेका आफन्त लाई भेट्न जाँदा बिशेष ध्यान दिन महाशाखाले भनेको छ । मध्य,पुर्व र पश्चिमका अधिकांस स्थानमा हल्का पानी पर्नेछ । मध्य क्षेत्रको एक वा दुई स्थानमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाका अधिकांस स्थानको मौसम पनि आज पूर्ण रुपमा बदली भई दिउँसोपख हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।
उपत्यकाका केहि स्थानमा भारी बर्षा समेत हुन सक्ने महाशाखाकी मौसमबीदले बताएका छन् , पूर्वीक्षेत्रमा पनि दिउँसोपख पानी पर्नेछ । पुर्वी क्षेत्रका धेरैजसो स्थानमा हल्का पानी पर्नेछ भने केहि स्थानमा भारी बर्षा हुने छ । मनसुनी गतिविधि सकिनुपर्ने समय भएपनि यस बर्ष भने ढिलोसम्म सकृय भइरहेको छ । जलबायु परिर्वतन, बंगालको जलबाष्पयुक्त हावा, अरव सागरबाट आएको बायु र भारतमा रहेको मनसुन न्युनचापिय रेखा नेपालतर्फ सरेका कारण मनसुनी गतिविधी सकृय भइरहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज २१ मंगलबार
Comments