काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ८५ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट हिजो मात्रै सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय १९ जना, लेन उल्लंघन गर्ने ६० जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने २५ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने २१ जना, टिपर कारबाहीमा ६ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ६८ जना, अनावश्यक हर्न बजाउने ३४ जना, ब्हील लकबाट ४१ जना र अन्य ७ सय ११ जना गरी जम्मा १ हजार १ सय ८५ सवारी चालक रहेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा शुक्रबार ५१ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने २६ जना घाइते भएका छन् ।
प्रकाशित मितिः २०७६ असोज १८ शनिबार
Comments