काठमाडौँ । आज मौसम आंशिक देखि सामान्य बदलीको अवस्था रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । आज राति र दिउँसोको अवस्था उस्तै रहने मौसमविदको भनाई छ ।
भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास एउटा निम्न चापीय प्रणाली र अर्को निम्न चापीय प्रणाली बंगलादेश आसपास रहेकोले त्यसकै प्रभाव र स्थानीय वायुको समेत सामान्य प्रभाव परेकोले मौसममा बदली कायमै रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज १८ शनिबार
Comments