भक्तपुर। भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर–७ स्थित धुन्चेपाखामा एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।आइतबार बिहान स्थानीय २४ वर्षीय अभिषेक श्रेष्ठ आफ्नै घरको दोस्रो तल्लाको कोठामा मृत फेला परेका हुन् ।
परिवारले झुण्डिएको अवस्थामा बिहान ८ बजे फेला पारेपछि प्रहरीलाई जानकारी गराइएको र प्रहरीले उनको शवलाई पोष्ट मार्टमको लागि भक्तपुर अस्पताल पुर्याएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिए । मृतक के कति कारणले झुण्डिएको भन्ने बारेमा थप अनुसन्धान भइरहेको र पोष्ट मार्टमपछि थप जानकारी आउने उनको भनाई थियो ।
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments