भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङको जंगलमा शव फेला परेको छ । आइतबार बिहान मंगोलियन अनुहार देखिने ३०/३५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।
मानिस झुन्डिएको अवस्थामा शव भेटिएको जानकारी प्रहरीलाई आएको र अहिले प्रहरी घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । शवको अवस्थाको बारेमा अनुसन्धान भइरहेको बाँकी प्रक्रिया चलिरहेको प्रहरीको भनाई छ ।
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments