काठमाडौँ । निर्माता तथा कलाकार दिपकराज गिरीको समुहले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई भेट गरेका छन् । दिपक सहित निर्देशक दिपाश्री निरौला, कलाकार केदार घिमिरे माग्ने बुढा लगायतको समुहले रविलाई चितवन हिरासतमा पुगेर भेट गरेको हो ।
सञ्चारकर्मी शालिकराम पुँडासैनीलाई आत्महत्या गर्न निरुत्साहन गरेको आरोपमा छानविनको लागि हिरासतमा रहेका रविलाई भेट गरेपछि दिपक आफ्नो फेसबुकमा स्टाटस समेत लेखेका छन् । हामीले भर्खरै रविजीसँग भेट गर्यौं । हामिले आत्महत्यासँग सम्बन्धित विद्यमान अब्यबहारिक कानुनको संसोधन हुनु पर्ने कुरापनि गर्यौं । उहाँ सुरक्षित हुनुहुन्छ । समर्थकहरूलाई धन्यबाद दिदै संयमित रहन समेत आग्रह गर्नु भयो । न्यायालयप्रति विश्वास गरौं । आज रविजीलाई स्वागत गर्न पाइयोस् भनेर कामना पनि गरौं, दिपकले आफ्नो फेसबुकमा लेखका छन् ।’
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments