काठमाडौँ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ तिनकुनेमा सोमबार राति गस्तीका क्रममा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा प्युठान घर भई प्रहरी चौकी खजहना रुपन्देहीमा कार्यरत प्रहरी हवल्दार रञ्जित थापा मगर रहेको प्रहरीले जनाएको छ ।
गस्तीका क्रममा रहेको बा १ ब ५१८ नम्बरको मोटरसाइकल सोमबार राति साढे १० बजे नियन्त्रण गुमाएर पल्टिँदा घाइते भएका उनको युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका अर्घाखाँची घर भई इलाका प्रहरी कार्यालय मझवामा कार्यरत २३ वर्षीय शुभम् घर्तीको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७६ साउन ७ मंगलबार
Comments