तनहुँ । डिभिजन वन कार्यालय तनहुँले पत्रकारहरुलाई प्लाष्टिकको झोलाको विकल्पमा वैकल्पिक झोला प्रदान गरेको छ । कार्यालयले गरेको पत्रकार अन्र्तक्रिया कार्यक्रममा प्लाष्टिकको झोलाको विकल्पका रुपमा कपडाको झोला प्रयोग गर्नलाई प्रवद्र्धन तथा प्रदुषण नियन्त्रण सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा पत्रकारहरुलाई कपडाको झोला प्रदान गरिएको हो ।
पत्रकारहरुलाई झोला प्रदान गर्दै डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले वातावरणको प्रदुषण नियन्त्रणको लागि यस्तो विकल्प ल्याईएको बताए । उनले भने, ‘प्रदेश सरकारको समन्वयमा एक लाखको बजेटबाट योजना ल्याईएको हो ।”
प्लाष्टिक झोलाको प्रयोगले मानवीय स्वास्थमा असर पु¥याउनुका साथै वातावरणीय प्रदुषण बढाएको भन्दै सो को निषेधका लागि वैकल्पिक झोलाको प्रयोग गर्नुपर्ने उनले बताए । डिभिजनका प्रमुख बरालले प्लाष्टिक झोलाको प्रयोगको अवस्था, यसले पु¥याउने असर, वैकल्पीक उपायका बारेमा प्रकाश पार्दै प्लाष्टिक झोलाको निषेधमा जोड दिंदै प्लाष्टिकको विकल्पमा झोला प्रवद्र्धनमा पनि सचेतना फैलाउनु पर्ने बताए ।
कार्यक्रममा वन कार्यालय चालु आर्थिक वर्षमा पर्यटन, वन तथा वातावरण प्रवर्धनका लागि ४७ वटा होमस्टेलाई १० लाख र नव स्थापना भएका ११ वटा होमस्टेलाई ५ लाखका दरले करिब ५ करोड २५ लाख रकम अनुदान सहयोग गरिएको प्रमुख बरालले जानकारी दिए । साथै, तनहुँमा निर्माण गरिने ५ वटा पार्कहरुका लागि १५ लाखका दरले र ६ वटा सामुदायिक वनहरुलाई ५ लाखको दरले रकम प्रदान गरिएको समेत जानकारी दिए ।
प्रकाशित मितिः २०७६ असार १० मंगलबार
Comments