काठमाडौं ६ चैत । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले चार केजी अफिमसहित तीन जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका सोमबहादुर तितुङ, बज्रबहादुर बम्जन र प्रेमबहादुर थिङ रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मध्य तितुङ मुख्य कारोबारी हुन् ।
विदेशमा पठाउनका लागि यो कच्चा पदार्थ काठमाडौँ भित्राइएको हुन सक्ने प्रहरीको अनुमान छ । अफिमको कच्चा पदार्थबाट हेरोइन बनाइने ब्युरोले जनाएको छ ।
Comments