काठमाडौं, २९ फागुन । चैत १ बाट २० वर्ष चलाएका सार्वजनिक सवारी अव गुड्न नपाउने भएका छन् भने इलेक्टिक ग्यास टेम्पो र माइक्रोको हकमा यो प्रतिबन्ध लागू हुनेछैन । यातायात व्यवस्था विभागले देशैभर यो नियम नमाने पुराना सवारी जफत गरिने बताएको छ । यसरी उपत्यकामा चल्न बन्द गरिएका सवारी ग्रामीण भेगमा लगेर चलाउेन काममा समेत रोक लगाईने बिभागले जनाएको छ ।
यसरी नियमाको उलंघन गरि सवारी चलाए जफत गरि त्यसको लिलामी गर्ने समेत जनाईएको छ ।
चार चार महिनामा रुट नबिकरण गर्नु पर्ने ब्यवस्थाका साथै २० वर्षे पारगरेका सवारीले कुनै पनि रुट परमिट नपाउने समेत बिभागले जनाएको छ । कवाडीको भाउमा बेच्नु पर्ने झन्डै दश प्रतिशत सवारी सडकमा गुडिरहेको र यसलाई पनि नियन्त्रण गरिने छ । त्यस्तै बिभागले १५ बर्ष पार गरेका सवारीको खरिद बिक्रि गर्ने काममा समेत पहिलेनै रोक लगाई सकेको छ । सरकाले बिगतमै गरेको निर्णयलाई ब्यवहारमा लागू गर्न थालिएको समेत र यसको अवहेलना गरे सवारी साधन सहित सवारी धनी समेत कारवाहिको भागि हुनु पर्ने बिभागले जनाएको छ ।
Comments