काठमाडौं २९ मंसिर । मौसमा बिभागका अनुसार आज यो वर्षको सबैभन्दा चिसो दिनको रुपमा रेकर्ड भएको छ । बिभागका अनुसार यो सन् २०१७ कै सबैभन्दा कम तापक्रम हो ।
काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । अब केही दिन अझै चिसो बढ्दै जाने बिभागले जनाएो छ । पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ । पश्चिमी वायुको प्रभावले अब केही दिन अझै जाडो बढ्ने सम्भावना रहेको बिभागले जनाएो छ ।
Comments