काठमाडौैं । इस्लाम धर्मावलम्बीको एकमहिने रमजानको ‘रोजा’ व्रत सुरु भएको छ । हिजरी संवतको ‘सवान’ महिना अन्त्य भएसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज प्रार्थना गरेर यस वर्षको रमजान अब सुरु भएको बताएका हुन् ।
‘एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ । रोजा बस्न मुसलमान समुदायले उर्दू पात्रोअनुसार शुक्रबार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।
रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।
रमजान उर्दू पात्रोअनुसार हिजरी सम्वत् १४४४ हो भने महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ।
प्रकाशित मितिः २०७९ चैत्र १० शुक्रबार
Comments