बारा । बाराको कलैयामा बिहान स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
वीरगञ्जमा रहेको गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट बिहान कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन वर्षीय छोरा कार्तिकको ज्यान गएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मितिः २०७९ चैत्र ०३ शुक्रबार
Comments