काठमाडौं । नेपाल टी–ट्वान्टी लिगका चार खेलमा स्पट फिक्सिङ भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पत्रकार सम्मेलन गर्दै चार खेलमा स्पट फिक्सिङ भएको देखिएको बताएको हो ।
सीआईबीमा एसएसपी दिनेश आचार्यले चार खेलमा स्पट फिक्सिङ भएको पाइएको र त्यो विषयमा थप जानकारी लिरहेका बताए ।
‘हामीले गरेको प्रारम्भिक अनुसन्धानमा चार खेलका स्पट फिक्सिङ भेटिएको छ । हामी स्कोर बोर्ड पनि हेरिरहेका छौं,’ आचार्यले भने ।
प्रकाशित मितिः २०७९ माघ १० मंगलबार
Comments