काठमाडौें । पछिल्लो ६ घण्टादेखि पश्चिम राप्ती जलाधारको ढकेरी नौबस्ता, खजुरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
यी क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले मानखोला, डुडुवाखोला र बाँके भएर बहने राप्तीसहित साना नदी तटीय क्षेत्र र होचा स्थानमा डुबान हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले साँझसम्म सुरक्षित रहन आग्रह गरेको छ ।
प्रकाशित मितिः २०७९ असोज २१ शुक्रबार
Comments