काठमाडौं । पछिल्लो २४ घन्टामा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख २० हजार ११२ पुगेको छ ।
विभिन्न प्रयोगशालामा १ हजार ६२० जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ६ सय १२ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल २६१ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज थप १९ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ४४५ पुगेको छ ।
प्रकाशित मितिः २०७९ असार १५ बुधबार
Comments