काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र ११ जना संक्रमित थपिएका छन् । भक्तपुर र ललितपुरमा भने आज संक्रमित थपिएका छैनन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा २८ र ललितपुर जिल्लामा १४ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज थप १२ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ९५० पुगेको छ ।
प्रकाशित मितिः २०७९ जेठ ०६ शुक्रबार
Comments