काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ हजार १७२ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ४ हजार ८७५ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ५ सय १५ र ललितपुरमा ७ सय ८२ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ५६ हजार ८८२ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ४१ हजार ६३३ , भक्तपुर जिल्लामा ५ हजार ५८१ र ललितपुर जिल्लामा ९ हजार ६६८ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट आज थप ८ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ६७ पुगेको छ । आज थप ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ८९।२ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ८ लाख २७ हजार २ सय ७९ पुगेको छ ।
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments