काठमाडौँ । सर्वोच्च अदालतले नागरिकलाई सिटामोल/प्यारासिटामोल लगायत औषधी तत्काल उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता टीकाबहादुर कुँवरलगायतले प्रधान मन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय विरुद्ध सिटामाेल लगायतका औषधिकाे आपूर्ति सजह गर्न उत्प्रेषणकाे माग गर्दै सर्वाेच्चमा दायर गरेको रिटमा न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो ।
अन्तरिम आदेश दिँदै सर्वोच्चले सरकारलाई काेभिडकाे प्रकाेप चलिरहेकाे समयमा यसकाे उपचारमा आवश्यक पर्ने सिटामाेल लगायतका औषधिकाे सहज र विशेष प्रबन्ध मिलाउन भनेकाे हाे ।
आदेशः
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments