काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ८ हजार ९०९ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८१ र १ हजार ८०५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ७ हजार ३४९ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय १६ पुगेको छ । आज थप २ सय ९८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ८ लाख १ हजार ४ सय २० पुगेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०९ बिहिबार
Comments