काठमाडौं । यात्रुबाहक बसको ठक्करबाट दाङको लमहीमा चार वर्षे बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो लमही नगरपालिका वडा नम्बर ३ वनगाडनजिक यात्रुबाहक बसले ठक्कर दिँदा राप्ती गाउँपालिका ४ का ४ वर्षे दुर्गाप्रसाद चौधरीको मृत्यु भएको छ।
दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले ठक्कर दिने ना ७ ख ३१७९ नम्बरको बस र चालकलाई नियन्त्रणमा लिइएको बताए। पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट घाइते बालकलाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको एसपी काफ्लेले जानकारी दिए।
आमा खेतमा धान काट्न जाँदैसँगै गएका बालक सडकमा पुगेको समयमा बसले ठक्कर दिँदा मृत्यु भएको भन्ने खुल्न आएको एसपी काफ्लेले बताए । घटना दिउँसो साढे ४ बजेतिरको हो।
प्रकाशित मितिः २०७८ असोज २६ मंगलबार
Comments