काठमाडौं । अप्पर स्याङगे हाइड्रोपावर लिमिटेडको पाचौं वार्षिक साधारण सभा असोज २४ गते हुने भएको छ ।
सभा बिहान ११ बजे केन्द्रीय कार्यालय चन्डोेल ४ काठमाडौंमा हुने कम्पनीले बताएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियामालीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
प्रकाशित मितिः २०७८ असोज ३ आइतबार
Comments